एमाले कोशी प्रदेश अधिवेशनको उद्घाटन आज, ओलीले सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १२, शुक्रबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज १२, विराटनगर । धमाधम प्रदेश अधिवेशन गरिररहेको नेकपा एमालेको कोशी अधिवेसन आजबाट सुरु हुँदैछ । आजबाट सुरु हुने कोसी प्रदेश अधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् ।

भोलिसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उदघाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागीता रहनेछ ।

आजदेखि सुरु हुने अधिवेशनमा कोशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ। सो अधिवेशनले ५ जना पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस