विराटनगर पुगेर ओलीले भने-‘कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन सक्दैन’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १२, शुक्रबार (१ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

असोज १२, बिराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने बताएका छन्।

शुक्रबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले आफूहरु अहिले सरकारमा जान नचाहेको र कांग्रेसले वर्तमान सरकारको बिकल्प दिन नसक्ने अवस्थामा रहेको बताए ।

उनले प्रमुख पार्टीहरु जिम्मेवार हुँदा भने अर्को बिकल्प हुन सक्ने बताए । ओलीले नेपालको चुच्चे नक्सा बारे प्रधानमन्त्रीले चीन भ्रमणमा कुरा नउठाउनु कमजोरी भएको र राष्ट्रियताप्रति चिन्ता नदेखिएको बताए ।

त्यस्तै ओलीले कोशी प्रदेश मध्यावधिमा जान सक्ने अवस्था नरहेपछि गठबन्धन दलका कारण मध्यावधिमा गएको अवस्थामा एमालेले भारी मत ल्याउने दावी गरे।

ताजा अपडेट

खोजी गर्नुहोस