एमाले कर्णालीको नेतृत्व चयन गर्न आज मतदान : अध्यक्षका लागि पाँच जना प्रतिष्पर्धामा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १३, शनिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज १३, सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको जारी अधिवेशनमा आज (शनिबार) मतदान हुँदैछ । नयाँ नेतृत्व चयनका लागि दिउँसो साढे १२ बजेदेखि मतदान गर्ने तयारी रहेको निर्वाचन मण्डलले जनाएको छ ।

प्रदेश अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ । गुलावजंग शाह, मिनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा दानसिंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उमेदवारी परेको छ ।

सर्वसम्मत नेतृत्व यचयनको प्रयास भए पनि सहमति नभएपछि निर्वाचनबाटै प्रदेश कमिटी चयन हुन लागेको हो । अध्यक्षका पाँच उम्मेदवारमध्ये तीन जना कालीकोट जिल्ला हुन् । मीनबहादुर शाहीविरुद्ध उनकै जिल्लाका पुराना नेता प्रेमबहादुर सिंह र प्रकाश रोकाया मैदानमा उत्रिएका हुन् ।

यी दुई नेताको कुनै पनि प्यानल भने छैन् । अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र महासचवि शंकर पोखरेलले कर्णालीको अध्यक्ष सर्वसम्मत टुंग्याउन निर्देशन दिएका थिए । तर सहमति नभएपछि निर्वाचनबाटै प्रदेश कमिटी चयन हुने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस