सुन तस्करी छानबिनका लागि तीन सदस्यीय छानबिन आयोग बनाउने सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १४, आईतबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाडौँ । सुन तस्करी छानबिनका लागि तीन सदस्यीय उच्चस्तरीय छानबिन आयोग बनाउन दलहरु सहमत भएका छन् ।
आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नै सरकारी निवास बालुवाटारमा बोलाउनुभएको राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकमा सो सहमति भएको हो ।

उच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वको सो सुन तस्करी छानबिनका लागि आजै ३ सदस्यीय आयोग बनाउने विषयमा सहमति गरिएको प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिए । तत्काल क्याबिनेटबाट निर्णय गराई आयोगले आजैबाट काम शुरु गर्ने र तीन महिनाभित्र सम्पन्न गरिसक्ने कार्यादेश पनि बैठकले दिएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस