हिन्दू धर्ममाथि आक्रमण रोक्न राष्ट्रपतिलाई ज्ञापन पत्र

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन १६, मंगलबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असोज १६, काठमाडौँ । हिन्दू राष्ट्र कायम गराउने, गौहत्यालाई कारवाही गर्ने तथा सनातन धर्ममाथिको आक्रमण रोक्नुपर्ने लगायत ११ वटमा माग राखेर राष्ट्रिय सन्त सभाले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो समय सनातन हिन्दु धर्ममाथि चौतर्फी आक्रमण हुँदासमेत राज्य चुप लागेर बसेको भन्दै सन्त सभाले राष्ट्रपति पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।

सन्त सभाले धरानलगायत मुलुकका विभिन्न स्थानमा भएको गौहत्याका दोषीलाई कानुन बमोजिम कारवाही गर्नपर्ने, धरानस्थित बालगोपाल मन्दिर नजिक झुक्याएर बनाइएको चर्चलाई तत्काल स्थानान्तरण गर्नु वा बन्द गर्नुपर्ने लगायतका माग राखेको राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

सन्त सभाले सनातन हिन्दु राष्ट्रमाथि सिलसिलाबद्ध आक्रमण हुन लागेको यही क्रम जारी रहे आफूहरु चुप लागेर नबस्ने चेतवनी समेत दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस