राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० आश्विन १७, बुधबार (१ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

आश्विन १७,काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आउने भएका छन् ।

२६ असोज (अक्टोबर ११) मा उनी नेपाल आउन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

उनका अनुसार महासचिव एन्टोनियो ३ दिन नेपालमा बस्नेछन् । नेपाल भ्रमणका क्रममा उनले शान्ति प्रक्रियाका विषयमा नेताहरुसँग छलफल गर्नेछन् ।

त्यस्तै जलवायु परिवर्तन र अति कम विकसित मुलुकका विषयमा पनि छलफल गर्ने नेता गजुरेलले जानकारी दिए । २९ भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री प्रचण्ड अमेरिका गएका बेला महासचिव एन्टोनियोलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस