एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र, नेतृत्वमा पाँच जनाको दाबी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २१, आईतबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असोज २१, धनुषा । नेकपा एमालेको मधेस प्रदेश अधिवेशनको तयारी तीव्र पारिएको छ । नेतृत्वका लागि नेताहरू तयारी गरिरहेका छन् । यही असोज २४ र २५ गते जनकपुरधाममा हुने पहिलो अधिवेशनबाट मधेस प्रदेशको नेतृत्व लिन पाँच जना नेता आकांक्षी देखिएका छन् ।

आठ जिल्ला रहेको यस प्रदेशमा अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न भइसकेको छ । मधेसका एक सय ३६ पालिका, २३ जनसंगठन, आठ प्रदेश विभागबाट एक हजार २७ प्रतिनिधि छनोट गरिएको एमालेका मधेस प्रदेश प्रचार विभाग प्रमुख सोमप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार पालिकाबाट तीन देखि २३ जनासम्म, जनसंगठनबाट ७९ र विभागबाट १६ जना छनोट गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस