रिगलको कैद मिनाहाविरुद्ध रिटमा सुनुवाइ हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २५, बिहिबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

आश्विन २५,काठमाडौँ । नेपालगञ्जका चेतन मानन्धर हत्याको ज्यान मुद्दाका अभियुक्त योगराज ढकाल (रिगल) को कैद मिनाहाविरुद्ध सर्वोच्चमा दायर रिटमा बिहीबार सुनुवाइ हुँदैछ । रिगलले खुँडा प्रहार गरी हत्या गरिएका चेतनकी श्रीमती भारती शेर्पा मानन्धरले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ हुन लागेको हो ।

एक साताअघि सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको इजलासले प्रारम्भिक सुनुवाइ गरेको थियो । कानून व्यवसायीहरूले राज्यले कैद मिनाहा कसका लागि र कसरी दिन सक्ने भन्दै कैद मिनाहा गर्ने राष्ट्रपतिको अधिकारमाथि नै प्रश्न उठाएका थिए ।

सुनुवाइमा सर्वोच्चले सरकारसँग लिखित जवाफ माग्नुका साथै राष्ट्रपति कार्यालयबाट भएको आममाफीको सम्पूर्ण सक्कल फाइल समेत मगाएको थियो ।

रिगलसहितको समूहले २०७२ असारमा नेपालगन्जको धम्बोझी चोकनजिक चेतनको खुँडा प्रहार गरी हत्या गरेको थियो । मानन्धर हत्याको १ महिनापछि २०७२ भदौ ७ गते रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस