प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै, के-के छन् सम्भावित कार्यसूचिहरु ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २६, शुक्रबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

असोज २६, काठमाडौँ । संघीय संसद अन्तर्गत आज शुक्रबार दुवै सदनको बैठक बस्दैछ ।

संघीय संसद सचिवालयको अनुसार राष्ट्रिय सभाको बैठक दिउँसो बिहान ११ः३१ बजे बस्नेछ भने प्रतिनिधि सभाको बैठक दिउँसो २ बजे बस्नेछ ।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७९र८९ को वार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन् ।

सांसद रमेशजंग रायमाझीले राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समिति गठन सबन्धी प्रस्ताव प्रस्तुत गर्ने छन् । सांसद प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सबन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस