कोशी प्रदेश : मुख्यमन्त्रीमा समर्थन गर्ने प्रदेश सदस्यको सनाखत हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २७, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असोज २७, विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्त गर्न समर्थन गर्ने प्रदेश सदस्यहरुको सनाखत आज शनिबार हुँदैछ ।

मुख्यमन्त्रीका लागि कोशी माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेस नेता शेखर कोइराला समूहका केदार कार्कीले दाबी पेश गरेका छन् ।

मुख्यमन्त्रीका लागि दुबैले ४७र४७ प्रदेश सदस्यको समर्थन पेश गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ८ देखि दिउँसो २ बजेसम्म दुवै पक्षका प्रदेश सदस्यहरुलाई सनाखतका लागि बोलाएका हुन् । सनाखतका लागि दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेश सभा सदस्यहरूलाई प्रदेश सभा सदस्यको परिचय खुल्ने परिचयपत्रका साथ प्रदेश प्रमुखको कार्यालयको सभाहलमा बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस