‘कोशी प्रदेशमा गठबन्धन नेतृत्वकै सरकार हुन्छ’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० आश्विन २७, शनिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

असोज २७, चितवन । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोशी प्रदेशमा गठबन्धनकै नेतृत्वको सरकार हुने बताएका छन् ।

भरतपुर बिमानथस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै काङ्ग्रेस सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग गठबन्धन टुट्न नदिने कुरा गरेको उनले बताए। कोशीमा कार्कीलाई विश्वासको मत दिएर गठबन्धन जोगाउने उनको भनाइ थियो ।

सो अवसरमा उनले नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन मेजर अपरेसनको आवश्यकता रहेको औंल्याए। उनले चितवन आफू आराम गर्न आएको बताउँदै चितवन एयसपोर्टको काम अगाडि बढाउन मन्त्रीसँग छलफल भएको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस