संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय, सहसचिव अर्याल र पुडासैनी सचिवमा बढुवा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० कार्तिक १६, बिहिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक १६, काठमाडौँ । सरकारले संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो ।

आज मध्यराति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको मन्त्री डिगबहादुर लिम्बूले जानकारी दिए । मन्त्रिपरिषद्ले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।
सहसचिव अर्याल र पुडासैनी सचिवमा बढुवा सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको हो । भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले उनीहरुलाई सचिवमा बढुवा गरिएको जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस