माओवादीले टुङ्गो लगायो राष्ट्रिय सभाको उम्मेदवार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष २२, आईतबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

पौष २२, काठमाडौँ । सत्तारुढ नेकपा माओवादी केन्द्रले आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट चम्मादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरूपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी, कर्णालीमा विष्णु विश्वकर्मा र सुदूरपश्चिममा रेणु चन्दको नाम टुंगो लागेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

१९ रिक्त स्थानका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादीको भागमा ६ सिट परेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ । राष्ट्रिय निर्वाचन यही माघ ११ गतेका लागि तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस