माओवादी केन्द्रले राष्ट्रिय सभाको अध्यक्षमा दावी गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० माघ २३, मंगलबार (१ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

माघ २३,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले दाबी गर्ने बताएका छन्। मंगलबार बसेको संसदीय दलको बैठकमा सांसदहरूको धारणामाथि जवाफ दिँदै उनले राष्ट्रिय सभाको ठूलो दलको हैसियतले अध्यक्षमा दाबी प्रस्तुत गर्ने बताएको सांसद माधव सापकोटाले जानकारी दिए।

‘बैठकमा बोल्ने अधिकांश सदस्यहरूको धारणा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले छाड्नु हुँदैन भन्ने रह्यो। प्रधानमन्त्रीले गठबन्धनको बैठकमा यसबारे कुरा राख्ने बताउनुभएको छ,’ उनले भने।

त्यस्तै बैठकमा बोल्ने सांसदहरूले राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसले इमान्दारिता नदेखाएको बताएका थिए। इमान्दारिता नदेखाएकैले मत ट्रान्सफर हुन नसकेको र कोशीमा पार्टीकी उम्मेदवार चम्पादेवी कार्की पराजित हुन पुगेको उनीहरूको भनाइ थियो।

‘संसद्को हिउँदे अधिवेशनमा दलका तर्फबाट सांसदहरूले प्रभावकारी भूमिका खेल्ने, विषय विज्ञहरूसँँग छलफल गर्ने, १६ औं पञ्चवर्षीय योजनाका सन्दर्भमा सांसदहरूसँग अन्तरक्रिया गर्ने लगायतका निर्णय भएका छन्,’ उनले भने।

फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षका लागि निर्वाचन हुँदैछ।

ताजा अपडेट

खोजी गर्नुहोस