व्यवसायी अरुणकुमार चौधरी आज छुट्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २४, बुधबार (१ साल अघि)
  • ३९ पटक पढिएको
व्यवसायी अरुणकुमार चौधरी आज छुट्दै

माघ २४,काठमाडौँ । काठमाडौं जिल्ला अदालतको आदेश अनुसार बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका व्यवसायी अरुणकुमार चौधरी बुधबार छुट्दैछन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी)ले गत माघ १८ गते बिहीबार काठमाडौंको लैनचौरबाट पक्राउ गरेका व्यवसायी चौधरीसहित तीन जना अदालतको आदेश अनुसार आज छुट्ने भएका हुन् ।

काठमाडौं जिल्ला अदालतले बिहीबार पक्राउ परेका उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न भनी सोमबार दुई दिन म्याद थप्ने आदेश दिएको थियो ।

बाँसबारी छालाजुत्ताको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयरका सञ्चालक चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र सिजी चाँदबागका अध्यक्ष सञ्जय ठाकुरलाई थुनामा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस