संघीय संसद्का नवनियुक्त महासचिव पाण्डेयद्धारा शपथ ग्रहण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २४, बुधबार (१ साल अघि)
  • ३२ पटक पढिएको
संघीय संसद्का नवनियुक्त महासचिव पाण्डेयद्धारा शपथ ग्रहण

माघ २४, काठमाडौँ । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले शपथ ग्रहण गरेका छन् । आज उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिस्लिना, प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

पाण्डेयलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद् महासचिवमा नियुक्त गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस