अध्यक्ष ओलीको संसद सम्बोधन स्थगित

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८० माघ २४, बुधबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा अनुपस्थित हुने भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज गर्ने सम्बोधन कार्यक्रम स्थगित भएको छ ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार संसद सचिवालयले प्रधानमन्त्री आजको बैठकमा अनुपस्थित हुने जानकारी पठाएपछि अध्यक्ष ओलीले आज गर्ने भनिएको सम्बोधन स्थगित भएको हो ।

संसदीय परम्परा अनुसार प्रमुख प्रतिपक्षी दलको नेताले प्रधानमन्त्रीको उपस्थितीमा सम्बोधन गर्ने चलन छ ।

अध्यक्ष ओलीले आज ११ बजे संसदमा सम्बोधन गर्ने तय भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस