माघ २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले सत्तारुढ दललाई काम गर्न किन नसकेको भन्दै प्रश्न गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा उनले नयाँ दलले रोकेको भए कहाँ रोक्यो भन्ने जानकारी दिन आग्रह गरे ।
‘सत्तारुढ दलको कुरा सुनियो । सबै थाहा रहेछ । कहाँ बेथिति विसंगति भएको रहेछ, कहाँ सुधार गर्नुपर्ने रहेछ । नगरेको चाहिँ किन ? सबै थाहा रहेछ । रोकेको कसले ? हामी नयाँ दलले रोकेको हो त ? नयाँ दलले रोकेको भए कहाँनेर रोक्यो ?’, उनले प्रश्न गरे ।
उनले आरोप प्रत्यारोप, छेडखानी भन्दा फरक ढंगले जाने प्रस्ताव गरे । उनले ज्ञान बाँड्न आफ्नै दलतिर हेर्न आग्रह गरे । उनले संसदलाई छेड्खानीको थलो नबनाउन आग्रह गरे । उनले संसदलाई कानुन बनाउन थलोको रुपमा प्रयोग गर्नुपर्ने बताए । अदालतले फैसला गरेका व्यक्ति दलमा कायम रहेको भन्दै हेर्न आग्रह गरे ।