‘कानून निर्माणमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुनुहुँदैन’ : जनार्दन शर्मा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० माघ २४, बुधबार (१ साल अघि)
  • ४४ पटक पढिएको
‘कानून निर्माणमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुनुहुँदैन’ : जनार्दन शर्मा

माघ २४, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कानुन निर्माणमा कोही पनि सत्ता र प्रतिपक्ष हुन नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले कानुन निर्माण नागरिक र मुलुकको हितका लागि हुने भएकाले सत्ता र प्रतिपक्षमा विभाजन हुन नहुनेमा जोड दिए ।

“कानुन निर्माणमा सत्तापक्ष र प्रतिपक्ष भन्ने हुँदैन । कानुन निर्माण न्यायपूर्ण हुने भएकाले यसमा सत्तापक्ष र प्रतिपक्ष हुनु राम्रो पनि होइन । सत्तापक्ष र प्रतिपक्ष त गणतन्त्र तथा सङ्घीयता मान्ने र नमान्नेबीचको हुनुपर्ने हो । सुशासन मान्ने र नमान्नेबीचको हो । यसकारण कानुन निर्माणमा सबैको सहयोग हुनुपर्दछ”, उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस