आज ७४औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ७, सोमबार (१ साल अघि)
  • २० पटक पढिएको
आज ७४औं प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

फागुन ७, काठमाडौँ । नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज देशभर विभिन्न कार्यक्रम गरी ७४औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदै छ ।

नेपाली जनताको संघर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन फागुन ७ लाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रुपमा लिइन्छ ।

जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै प्रत्येक बर्ष फागुन ७ गते यो दिवस मनाइँदै आएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस