फागुन ७, काठमाडौँ । प्रजातन्त्र दिवसको अवसर पारेर आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा नेपाली कांग्रेस महासमिति बैठक सुरु हुँदैछ । महासमितिका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको पार्टीले जानकारी दिएको हो ।
कांग्रेस प्रचार(प्रसार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार पत्रकार सम्मेलन गर्दै महासमिति बैठकको तयारी पुरा भएको जानकारी दिए । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको मुख्य कार्य पार्टीको नीति निर्माण गर्नुरहेको विश्वकर्माले बताए ।