आज आठौँ निर्वाचन दिवस : निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गर्न आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ७, सोमबार (१ साल अघि)
  • २२ पटक पढिएको
आज आठौँ निर्वाचन दिवस : निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गर्न आग्रह

फागुन ७, काठमाडौँ । आज आठौं निर्वाचन दिवस । २०१५ साल फागुन ७ गते नेपालमा आमनिर्वाचन प्रारम्भ भई नेपालीहरुको आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्वपूर्ण दिनकोरुपमा स्मरण गरी ‘निर्वाचनको सफलता, निर्वाचन शिक्षाको व्यापकता’ भन्ने नारासहित मनाइँदैछ ।

दिवसको सन्दर्भमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले शुभकामना सन्देशमार्फत् निर्वाचनलाई जीवन पद्धतिकोरुपमा ग्रहण गर्न आग्रह गर्नुभएको छ ।

‘निर्वाचन दिवसले आम मतदाताहरूमा निर्वाचन र मतदानको महत्वलाई मनन् गरी निर्वाचनका क्रियाकलापहरूमा सरिक हुन सदैव जागरूकता र प्रेरणा प्राप्त हुनेछ भन्ने विश्वास व्यक्त गर्दै निर्वाचनलाई जीवन पद्धतिको रुपमा ग्रहण गर्न आग्रह गर्दछु,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो ।

वर्तमान संविधान जारी भएपछि भएका दुई आवधिक निर्वाचन र विभिन्न समयमा सम्पन्न उपनिर्वाचन एवम् राष्ट्रियसभा सदस्यको निर्वाचनबाट देशभर करिब ८३ हजार ४ सय जनप्रतिनिधिहरू निर्वाचित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस