एमाले केन्द्रीय कमिटी बैठक आजदेखि, यस्ता छन् छलफलका एजेन्डा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ८, मंगलबार (१ साल अघि)
  • ३० पटक पढिएको
Post Thumbnail

फागुन ८, काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ । बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए । उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस