कांग्रेस महासमिति बैठक आज पनि बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ८, मंगलबार (१ साल अघि)
  • २८ पटक पढिएको
कांग्रेस महासमिति बैठक आज पनि बस्दै

फागुन ८, काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ । ललितपुरको गोदावरीमा सोमबारबाट भएको महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेस गरिने भएको छ ।

अहिले बिहान ९ बजेदेखि सुरु हुने बन्द सत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसायिक र अर्थमन्त्री समेत रहेका डा प्रकाशशरण महतले अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे प्रतिवेदन पेस गर्ने तय भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस