|sf7df8f}F, # k'; . k|wfg dGqL Pjd g]kfnL sfFu|];sf kf6L{ ;efklt z]/axfb'/ b]pjfnufot g]sf kf6L{sf] s]Gb|Lo sfo{ ;Dkfbg ;ldltsf] kf6L{ s]Gb|Lo sfof{no ;fg]kfdf a;]sf] a}7sdf ;xefuL x'Fb} . tl:a/ M /Tg >]i7, /f;; .
बैशाख २, काठमाडौँ । नेपाली कांग्रेसले सरकारले मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको छ ।
आइतबार बसेको संसदीय दल बैठकपछि प्रमुख सचेतक रमेश लेखकले पर्याप्त समय हुँदाहुँदै सरकारले संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेर तानासाही प्रवृत्ति देखाएको बताए ।
बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार गैरजिम्मेवार, जवाफदेहीताबाट भाग्ने र संसदीय अभ्यास तथा पद्धतीबाट टाढा जानेगरी मुलुकलाई तानासाहीतर्फ लैजान खोजिरहेको निष्कर्ष निकालेको लेखकले जानकारी दिए ।