इलाम–२ मा थपिए ५४७ मतदाता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख ४, मंगलबार (१ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

बैशाख ४, इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको संख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ जना पुरुष, ५६ हजार आठ सय ६९ र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

अघिल्लो निर्वाचनमा कायम मतदाता संख्याभन्दा यो पाँच सय ४७ ले बढी हो । अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एक लाख १५ हजार तीन सय ४२ मतदाता थिए । इलाम–२ मा छवटा पालिकाका ४२ वटा वडा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस