संसदीय गतिरोध

सभामुखले संसद्‌का सबै समिति सभापतिसँग छलफल गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ९, बुधबार (१ साल अघि)
  • ८४ पटक पढिएको
सभामुखले संसद्‌का सबै समिति सभापतिसँग छलफल गर्दै

जेठ ९, काठमाडौँ । सभामुख देवराज घिमिरेले सबै संसदीय समितिका सभापतिहरूलाई छलफलका लागि बोलाएका छन् ।

बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित कानून समितिको हलमा छलफल गर्नेगरी सभामुख घिमिरेले सबै सभापतिहरूलाई बोलाएका हुन् ।

सभामुख र सभापतिहरूसँग संसदीय गतिरोध, बजेटलगायतका विषयमा छलफल हुनेछ ।

संसद् बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गर्दै आएको छ । उसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध संसदीय छानबिन समिति बन्नुपर्ने अडान राख्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस