लिग टुमा आज नेपाल र नेदरल्याण्ड खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २१, बुधबार (१ दिन अघि)
  • ४० पटक पढिएको
लिग टुमा आज नेपाल र नेदरल्याण्ड खेल्दै

जेठ २१, काठमाडौं । आइसीसी विश्वकप लिग टु अन्तर्गत नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्ड सहभागी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । स्कटल्यान्डको डन्डीमा खेल नेपाली समय अनुसार आज अपरान्ह ३ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा घरेलुटोलीलाई १ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको नेपाल त्यहि लयलाई निरन्तरता दिने योजनामा छ । । गत सोमबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई उसकै मैदानमा हराएको गियो ।

लिग टु को अंक तालिकामा १३ खेलमा ३ जितका साथ नेपाल ८ अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । नेदरल्याण्ड्स २० खेलबाट २६ अंक जोड्दै दोस्रो स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ।

ताजा अपडेट

खोजी गर्नुहोस