जेठ १२, काठमाडौँ । सहकारी संस्थाको रकम हिनामिनाबारे छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक शनिबार पनि बस्दैछ । कानूनमन्त्री पदम गिरीले शनिबार अपराह्न ३ बजे मन्त्रालयमै बस्नेगरी बैठक बोलाएका हुन् ।
सत्ता र प्रतिपक्षी दलहरु बजेट प्रस्तुत गर्ने दिन नजिँकिदै गर्दा सदनको गतिरोध हटाउन सक्रिय भएका छन् । भोलि नीति तथा कार्यक्रम पारित गर्ने र जेठ १५ गते बजेट प्रस्तुत गर्ने कार्यसूची प्रभावित हुन नदिने गरी गतिरोध अन्त्यको प्रयास भएको नेताहरूले बताएका छन् ।
सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा सरकार लचक भएको छ । बैठकमा सहभागी एक नेताका अनुसार छानविन समितिमा कांग्रेस रविको नाम नराख्न तयार भएको छ । तर, गोर्खा मिडिया नेटवर्कका एमडीमाथि छानविन हुनुपर्ने प्रस्ताव कांग्रेसले राखेको छ ।
# रकम हिनामिना