भारतको लोकसभा चुनाव: अन्तिम चरणमा झन्डै ६० प्रतिशत मतदान

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २०, आईतबार (१२ महिना अघि)
  • ११० पटक पढिएको
भारतको लोकसभा चुनाव: अन्तिम चरणमा झन्डै ६० प्रतिशत मतदान

जेठ २०,काठमाडौँ । भारतको लोकसभा चुनावको सातौं तथा अन्तिम चरणमा झन्डै ६० प्रतिशत मतदान भएको छ । भारतीय निर्वाचन आयोगकाअनुसार सात राज्य र एक केन्द्र शासित प्रदेशमा भएको चुनावमा ५९ दशमलव ४५ प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगले जनाएको छ । सात चरणमा गरी भएको मतदानको नतिजा आउँदो मंगलवार घोषणा गर्ने तयारी रहेको छ ।

त्यसअघि हिजोराति विभिन्न समाचार च्यानल र एजेन्सीले एक्जिट पोल सार्वजनिक गरेका छन् । १० वटा एक्जिट पोलमा सत्तारुढ भारतीय जनता पार्टी भाजपाको गठबन्धनले तीन सय ५० भन्दा धेरै सिट पाउने अनुमान छ ।

विपक्षी दल कंग्रेको इन्डिया गठबन्धनले एक सय ६१ सिट पाउने अनुमान रहेको बीबीसीले जनाएको छ । पाँच सय ४३ सदस्यीय लोक सभामा बहुमत पुर्‍याउन दुई सय ७२ सिट चाहिन्छ । पूर्वानुमानअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि निर्वाचित हुने सम्भावना धेरै रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस