भेटवार्ता

सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २०, आईतबार (१२ महिना अघि)
  • ९६ पटक पढिएको
सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

जेठ २०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो ।

उनीहरूबीच समसामयिक राजनीतिक विषयवस्तुमा छलफल भएको बताइएको छ । छलफलमा विशेषगरी आजबाट सुरु भएको बजेटमाथिको छलफल, मधेस सरकार लगायतका विषयमा छलफल हुने बुझिएको छ । प्रधानमन्त्री प्रचण्डले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेका थिए ।

# भेटवार्ता

ताजा अपडेट

खोजी गर्नुहोस