गोदावरी नगरपालिका

गोदावरीका मेयर भ्रष्टाचार मुद्दामा निलम्बन !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २१, सोमबार (१२ महिना अघि)
  • ११७ पटक पढिएको
गोदावरीका मेयर भ्रष्टाचार मुद्दामा निलम्बन !

जेठ २१, काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जनसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर महर्जन सहित ४ कर्मचारी र ९ जना क्रसर सञ्चालकलाई विपक्षी बनाएको छ ।

आयोगले लेले र नल्लुखका ढुंगाखानीबाट रोडाढुंगा उत्खनन गर्दा भ्रष्टाचार भएको भन्दै उनीहरूविरूद्द विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
विशेषमा भ्रष्टाचार मुद्दा दायर भएसँगै मेयर महर्जन र अन्य कर्मचारी पदबाट निलम्बन भएका छन् । भ्रष्टाचार निवारण ऐनको दफा ३३ ले उनीहरू निलम्बनमा परेका हुन् ।

 

#गोदावरी नगरपालिका

 

ताजा अपडेट

खोजी गर्नुहोस