एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २०, बिहिबार (१० महिना अघि)
  • १५५ पटक पढिएको
एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत

असार २०,काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् ।

काठमाण्डौमा चलिरहेको महाधिवेशनको बन्दसत्रबाट अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत चयन गर्दै दोहोर्‍याएको हो । यस्तै सम्मानित नेतामा झलनाथ खनाल दोहोरिएका छन् ।

अन्य पदाधिकारीको टुङ्गो भोलि बिहानसम्ममा टुङ्गो लाग्न सक्ने एकीकृत समाजवादीले जनाएको छ । महाधिवेशनबाट २१ जना पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस