म्यानचेस्टरमा नेपाल डे-२०२४ भव्यताका साथ सम्पन्न

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण ६, आईतबार (१० महिना अघि)
  • १६० पटक पढिएको
म्यानचेस्टरमा नेपाल डे-२०२४ भव्यताका साथ सम्पन्न

साउन ६,काठमाडौँ । म्यानचेस्टरमा नेपाल डे-२०२४ भव्यताका साथ सम्पन्न म्यान्चेस्टर । नेपालि संस्कृति प्रवर्धन , कला संवर्धन र पर्यटन चिनाउने उदेश्यले नेपालि समाज म्यानचेस्टर, साउथ एसियन ग्ल्यालरि र म्याचेस्टर म्युजिएमले संयुक्त रुपमा आयोजना गरेको नेपाल डे-२०२४ आज (शनिवार ) म्यानचेस्टर म्युजिएममा सम्पन्न भएको हो । नेपाली राष्ट्रिय गान, शंखधुन, शान्तिवाचन बाट कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रमको पहिलो सत्रमा नेपाली राष्ट्रिय गितहरु, साँस्कृतिक नृत्यहरु, भजन आदि प्रस्तृत गरिएको थियो । नेपाल डेको दोस्रो खण्डमा नेपाल चिनाउने डिजिटल फोटो प्रदर्शनी, योगा प्रदर्शनी र त्यसबारे जानकारी , बालबालिकाको लागि नेपाल चिनाउने चित्रकला सेसन प्रस्तुत गरिंदा, तेस्रो खण्डमा सामुहिक नृत्य, खुला नृत्य सहित कार्यक्रम समापन गरिएको थियो।

कार्यक्रम अवधिभर नेपाली हस्तकला, नेपाल चिनाउने विश्व सम्पदा सुचिकृत साँस्कृतिक र पर्यटकीय स्थलबारे जानकारी मुलुक पोस्टर तथा नेपालि घरयाशी सामाग्रीको प्रदर्शनी राखिएको थियो । झन्डै एक सय नेपाली उपस्थित कार्यक्रममा संयौ विदेशीले प्रत्यक्ष अबलोकन गरेका थिए ।म्यानचेस्टरमै नेपाल डे नामक साँस्कृतिक कार्यक्रम पहिलो भएको र आफुहरुले सोचेभन्दा राम्रो भएको समाजका सल्लाहकार दामोदर खनालले बताए ।

भविष्यमा यस्तो खालको नेपाल चिनाउने कार्यक्रम गर्न म्यानचेस्टर नेपाली समाजले बेलायतका अन्य सस्थासंग थप समन्वय गर्ने समाजका अध्यक्ष जीवन गौतमले जानकारी दिए । म्यानचेस्टर म्युजिएममा सम्पन्न कार्यक्रमको संचालन म्यानचेस्टर नेपाली समाजकी अनिता खड्काले गरिकी थीइन भने समापन मन्तब्य समाजकै अध्यक्ष जीवन गौतमले गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस