सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाएरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ श्रावण १९, शनिबार (९ महिना अघि)
  • ७९ पटक पढिएको
सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाएरै छाड्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता

साउन १९, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुविधा सम्पन्न क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता दोहोर्‍याएका छन् । सामाजिक सञ्जालमा आफूलाई गतिलो रंगशाला बनाउनु पर्‍यो भन्ने सुझाव लगातार आइरहेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री ओलीले सरकारको पहिलो निर्णय नै सुविधा सम्पन्न रंगशाला बनाउने रहेको स्मरण गराए ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द तथा सचिव पारस खड्कालगायतसँगको बालुवाटारमा खिचेको फोटो फेसबुकमा सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमा आफूलाई गतिलो रंगशाला बनाउनु पर्‍यो भन्ने सुझाव सबैभन्दा बढी आएको उल्लेख गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस