परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जादै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २, आईतबार (८ महिना अघि)
  • ६८ पटक पढिएको
परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जादै

भाद्र २,काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आज (आइतबार)भारत भ्रमणमा जाने भएकी छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री देउवाले आज (आइतबार)देखि बिहिबार सम्म भारतको औपचारिक भ्रमण गर्ने भएकी हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री देउवाले भारतीय समकक्षी जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको जनाइएको छ । भेटवार्तामा नेपाल भारत सम्बन्धलाई थप सुमधुर बनाउन, सहयोग अभिवृद्धि गर्न र पारस्पारिक हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मन्त्री राणाको भ्रमण नेपाल र भारतबिचको नियमित उच्चस्तरीय भ्रमणको निरन्तरता भएको मन्त्रालयले जनाएको छ । मन्त्री राणाको यस भ्रमणले नेपाल भारतबिचको सदियौंदेखिको पुरानो, गहिरो र बहुआयमिक द्धिपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने समेत मन्त्रालयले जनाएको छ ।

मन्त्री राणा भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस