निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र २०, बिहिबार (८ महिना अघि)
  • ७७ पटक पढिएको
निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुन्छ: गृहमन्त्री लेखक

भाद्र २०,काठमाडौँ । गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रुपमा अनुसन्धान हुने बताएका छन् ।

बिहीबार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलमा उनले पन्त हत्या प्रकरणलाई गम्भीरतापूर्वक लिएको बताएका हुन् ।

‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु यो घटनाको सूक्ष्म ढंगले अनुसन्धान हुन्छ’, गृहमन्त्री लेखकले भने ।

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ की निर्मला पन्त ०७५ साउन ११ मा घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन् । गृहकार्य गर्छु भन्दै नजिकै रहेको साथीको घरमा गएका बेला बेपत्ता भएकी कञ्चनपुरको भीमदत्त नगरपालिका(२ की निर्मला ११ साउनको बिहान मृत अवस्थामा भेटिएकी थिइन् ।

लामो समय बितिसक्दासमेत दोषी पत्ता लाग्न सकेको छैन ।

 

ताजा अपडेट

खोजी गर्नुहोस