सरकारी फाइलहरुमा ‘ट्रयाकिङ सिस्टम’ जोड्ने सरकारको तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३०, आईतबार (८ महिना अघि)
  • ६४ पटक पढिएको
सरकारी फाइलहरुमा ‘ट्रयाकिङ सिस्टम’ जोड्ने सरकारको तयारी

भाद्र ३०,काठमाडौँ । सरकारले सरकारी फाइलहरुमा ‘ट्रयाकिङ सिस्टम’ जोड्ने तयारी गरेको छ । सरकारी अधिकारीहरुले विभिन्न बहानामा फाइल अड्काउने प्रवृत्ति देखिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले फाइल मुभमेन्ट ट्र्याकिङ सिस्टम’ नामक प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको हो ।

यसअघिका सरकारहरुले पनि यो प्रणाली बनाउनका लागि पटक–पटक काम अघि बढाएका थिए । तर, फाइल ट्रयाक गर्ने गरी पूर्ण प्रणाली बनेको थिएन ।

विगतमा तयार भएका प्रणालीमा नै विभिन्न सुधार गरेर अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले फाइल ट्रयाक गर्ने प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको हो । यो प्रणाली लागु भएपछि सरकारी निकायहरुमा एउटा टेबलबाट अर्को टेबलमा फाइल सर्न समेत घण्टौंदेखि महिनौंसम्म लाग्ने विकृति अन्त्य हुने विश्वास सरकारको छ ।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै फाइल ट्रयाक गर्ने प्रणाली कार्यान्वयनका लागि तयार भइसकेको बताएका थिए ।फाइल रोकेर एक ठाउँमा राखिरहने कुरा अब सह्य नहुने भन्दै उनले फाइल कुन ठाउँमा गएर अड्कियो भन्ने कुरा प्रधानमन्त्री कार्यालयले थाहा पाउने गरी प्रणाली बनाउन लागेको बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस