मेयर बालेन साह भारतमा, प्रधानमन्त्री सहभागी हुने इन्द्रजात्रा बहिष्कार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ भाद्र ३१, सोमबार (८ महिना अघि)
  • ९४ पटक पढिएको
मेयर बालेन साह भारतमा, प्रधानमन्त्री सहभागी हुने इन्द्रजात्रा बहिष्कार

भाद्र ३१, काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेन भारतको बैंगलोरमा रहेको पुष्टि भएको छ । गत मंगलबार बैंगलोर पुगेका साह पर्सि मंगलबार स्वदेश फर्किनेछन् ।

सचिवालयका अनुसार आफू पढेको कलेजका पूर्वविद्यार्थीहरुको कार्यक्रममा भाग लिन उनी त्यहाँ गएका हुन् । केही दिनअघि अनेरास्ववियूका अध्यक्ष समिक बडालले बालेन बैंगलोर गएको सूचना सार्वजनिक गरेका थिए । आफ्नो सर्टिफिकेटमा नाम सच्याउन गएको उनको दावी थियो ।

मंगलबार काठमाडौंमा इन्द्रजात्रा छ । प्रत्येक वर्ष इन्द्रजात्रामा काठमाडौं महानगरपालिकाले विशेष कार्यक्रम आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्री लगायत राज्यका उच्च पदस्थहरुलाई निम्ता गरिन्छ । उनीहरुलाई काठमाडौंका मेयर–उपमेयरले स्वागत गर्छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस