रबि लामिछाने रिहा हुँदै

रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष २५, बिहिबार (४ महिना अघि)
  • ८६ पटक पढिएको
रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतको आदेश

पौष २५, काठमाडौँ । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले अब अदालतले तोकेको धरौटी बुझाएर रिहा हुनेछन् भने तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।

लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपरोधको अभियोगमा मुद्दा दायर भएको छ ।

#रवि लामिछाने #धरौटीमा छाड्न अदालतको आदेश

ताजा अपडेट

खोजी गर्नुहोस