पौष २६, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने शुक्रबार काठमाडौं जिल्ला अदालतमा हाजिर नहुने भएका छन् । लामिछानेलाई कास्की जिल्ला अदालतले हिजो धरौटीमा छाड्ने आदेश गरेको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा कास्की अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेसित ६५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । धरौटी रकम बुझाएर लामिछाने बिहीबार नै थुनामुक्त भइसकेका छन् ।
#रवि लामिछाने #राष्ट्रिय स्वतन्त्र पार्टी