नेपालस्थित भारतीय दुतावासले मनायो विश्व हिन्दी दिवस

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष २६, शुक्रबार (५ महिना अघि)
  • ५७ पटक पढिएको
नेपालस्थित भारतीय दुतावासले मनायो विश्व हिन्दी दिवस

पुस २६,काठमाडौँ । नेपालस्थित भारतीय दूतावास काठमाडौंले शुक्रबार दूतावासपरिसरमा विश्व हिन्दी दिवसको अवसरमा एक विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रतिनिधि सभाका सांसद तथा हिन्दी फोरमका अध्यक्ष मंगल प्रसाद गुप्ता , भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति श्रीमती निशा शर्मा लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा दुतावासकी कन्सुलरगीताञ्जली ब्रान्डनले माननीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर सुनाएकी थिइन्।

कार्यक्रममा काठमाडौंका विभिन्न विद्यालयहरूले हिन्दी कविता वाचन र नाटकमा भाग लिएका थिए भने विद्यार्थीहरूले विभिन्न विषयमा कविताहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कलाकारहरुको समेत सहभागिता रहेको थियो ।

यस अवसरमा मैत्री कवि सम्मेलन पनि आयोजना गरिएको थियो, जहाँ प्रतिष्ठित कविहरूले हिन्दी कविता वाचन गरेर दर्शकहरूलाई मंत्रमुग्ध गरेका थिए।

ताजा अपडेट

खोजी गर्नुहोस