फागुन १६, काठमाण्डौँ । नेपालकी पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालत पुग्ने दोस्रो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार श्रेष्ठको उपचारका क्रममा आज शुक्रबार बिहान ५ बजे मृत्यु भएको हो।
महराजगन्जस्थित प्रहरी अस्पतालमा उनको निधन भएको सूचना अधिकारी पाण्डेले जानकारी दिए। उनी ८४ वर्षकी थिइन्।