प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ १३, मंगलबार (१ दिन अघि)
  • ४६ पटक पढिएको
प्रतिनिधिसभा बैठक बस्दै, आर्थिक सर्वेक्षण पेस हुने

जेठ १३, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुने भएको छ । बैठक मंगलबार बिहान ११ बजे बस्दैछ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ ।

यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस