जसपाका मधेश प्रदेश सांसद सरोज सिंह अख्तियारको नियन्त्रणमा

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ २९, बिहिबार (१ दिन अघि)
  • ८७ पटक पढिएको
जसपाका मधेश प्रदेश सांसद सरोज सिंह अख्तियारको नियन्त्रणमा

जेठ २९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मधेस प्रदेश सभाका सांसद सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ । सिंहलाई काठमाडौँको अनामनगरबाट बिहीबार साँझ नियन्त्रणमा लिइएको हो ।

निर्वाचन क्षेत्र विकास कोषको रकम उपभोक्ता समितिमार्फत कमिसन बुझ्ने गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई समितिका खातामा दाखिला भएको रकम आफ्नो स्वकीय सचिवमार्फत झिक्न लगाई सिंहले आफ्नो र श्रीमतीको खातामा राखेको अख्तियारको भनाइ छ ।

उनी जनता समाजवादी पार्टीबाट महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित सांसद हुन् । यसअघि अख्तियारले उनको घरमा छापा मारेको थियो । उनका स्वकीय सचिव विनोदकुमारलाल कायस्थलाई यसअघि नै अख्तियारले नियन्त्रणमा लिइसकेको थियो ।

अख्तियारले उनको घरबाट विभिन्न योजनाका कागजातहरू समेत नियन्त्रणमा लिएको थियो । उनी मधेस प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीसमेत हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस