जेठ ३०, काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा सुजन कडरिया निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन् ।
कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार विद्युतीय मेसिनबाट मतदान सम्पन्न गरी मतदानको परिणाम राति नै प्रकाशन गरिएको हो । मतदानमा कडारियाले ७३२ मत पाए भने पौडेलले ७२४ मत प्राप्त गरे । कुल एक हजार ५५१ मतदाता रहेको अखिलमा एक हजार ४५० मत खसेको थियो ।
यस्तै खुला उपाध्यक्षतर्फ विकास श्रेष्ठ ७०८ मतसहित र महिलातर्फ अञ्जना सिवाकोटी ७७५ मतसहित निर्वाचित भएका छन् । महासचिव पदमा दीपक धामी ७८५ मत प्राप्त गरी विजयी भएका छन् भने उपमहासचिवमा कमल ८१६ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यसैगरी, चार जना सचिव पदमा आकाश घर्ती मगर (३६० मत), रचना सापकोटा (३०४ मत), समिम बाबु खान (२७३ मत) र गोपाल नेपाल ९२६८ मत० विजयी भएका छन् ।
केन्द्रीय आयोगतर्फ निर्वाचन आयोगको अध्यक्षमा जित प्रसाद सिटौला, उपाध्यक्षमा प्रविन गिरी र सचिवमा विशाल पराजुली विजयी भएका छन् । लेखा आयोगको अध्यक्षमा अञ्जलि लम्साल, उपाध्यक्षमा समीक्षा ढकाल र सचिवमा गगनसिंह बस्नेत विजयी भएका छन् ।
अनुशासन आयोगको अध्यक्षमा सुमन घिमिरे, उपाध्यक्षमा आकाश गिरी र सचिवमा स्मृति अधिकारी विजयी भए । नीति योजना तथा अनुसन्धान आयोगको अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्षमा योगेश बम र सचिवमा विष्णु पाण्डे विजयी भएका छन् ।