कल्लेरीमा सार्वजनिक सुनुवाई : भुकम्पपिडितका गुनासै गुनासो !

Post Thumbnail

जेठ १३,धादिङ । गल्छी गाउँपालिका–२ केउरीनीमा ०७५ जेठ १२ गते गाउँपालिका र इन्सेकद्वारा सार्वजनिक सुनुवाई कार्याक्रम गरिएको छ ।

गाउँपालिकामा काम गर्ने क्रममा गाउँपालिकाले भूकम्प प्रभावितले बनाउने तथा अन्य सबै घर निर्माण गर्दा अनिबार्य नक्सा पास गर्नु नियम लागु गरेपछि लाभग्राहीले सास्ती व्यहोर्नु परेको सार्वजनिक सुनुवाईमा सहभागिहरुले गुनासो गरेका छन् ।

गाउँपालिकाले तय गरेको गरेको नक्सा पासको नियम अनुसार एउटा घरवालाले नक्सा पासका लागि काम गर्दा गाउँपालिकामा रहेका एक जना प्राविधिकले खर्च लाग्ने भन्दै रकम असुलेको र घर पास गरिदिन्छु भन्दै गाउँमा पुनरनिर्माणका लागि खटिएका प्राविधिकले रकम मागेको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले गुनसो गरेका छन् ।

बिल लिएरमात्र गाउँपालिका र वडामा राजश्व तिर्न तिरेको रसिद लिन र कसैले अतिरिक्त शुल्क मागेमा गाउँपालिकाकोअध्यक्ष र उपाध्यक्षसमक्ष गुनासो गर्न आग्रह गर्दै अनियमित काम गर्नेलाई कारबाही गरिने गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सीनाले बताइन् ।

गल्छी गाउँपालिकाको गरेका कामको समिक्षा सहित लाभग्राहीको समस्या समाधानका विषयमा सहभागिहरुले जिज्ञासा राखेका थिए । तेश्रो किस्ताको सिफारिस भएको तर गल्छी गाउँपालिकाको वडा न १, २ र ३ मा कस्लेपनि तेश्रो किस्ता नपाएको, तेश्रो किस्ताको लागि फारम भर्न समेत नभएकोले तेश्रो किस्ताको सिफारिस गर्न समेत नसकिएको र अर्को सातापछि नियमित काम संचालन तेश्रो किस्ताको सिफारित गरिने २ नं वडाअध्यक्ष षडानन्द खनालले बताए ।

घर लडेर ध्वस्त भएको तर लाभग्राहीको सूचीमा नपरेकोले अपांगता भएका मेनबहादुर मल्लले कसरी सरकारको भुकम्प पीडित अनुदान पाउने रु भन्ने जिज्ञासा राखिएको थियो ।
गाउँपालिका उपाध्यक्ष राधा तिमल्सीना, वडाअध्यक्षहरु पूर्णप्रसाद खतिवडा, षडानन्द खनाल र कपिल रेग्मीले सहभागिहरुले सोधेका जिज्ञासाको जवाफ दिएका थिए ।

गुनासोहरुको सम्बोधन गरिने, लाभग्राही सूचीमा परेर रकम नपाएकाले तत्काल वडामा सम्पर्क गरि समस्या समाधान गर्न र गाउँपालिकाले तय गरेको नक्सा पासको व्यवस्थालाई सरल बतरिकाले लागु गर्न सहभागिहरुलाई आग्रह गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस