चैत २, काठमाडौँ । ०७६ मा शनिबारबाहेक १५ दिन मात्रै राष्ट्रिय बिदा हुने भएको छ।
सार्वजनिक बिदा सम्बन्धी निर्णय शुक्रबार राजपत्रमा प्रकाशित भएको छ।
०७४ सम्म दिएको १३ दिन सार्वजनिक बिदा सरकारले ०७५ मा कटौती गरेको थियो। तर, विभिन्न जाति, समुदायले सार्वजनिक विदान कटौतीको विरोध गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएका थिए।
सरकारले सुझाबका लागि गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा सार्वजनिक बिदा पुनरावलोकन कार्यदल नै गठन गरेको थियो।
तर, कार्यदलको सिफारिससमेत अस्वीकार गर्दै सरकारले अघिल्लो वर्षको बिदा कटौती कायम राखेको हो।
यी हुन् राष्ट्रिय बिदा हुने दिन
१ वैशाखः नयाँ वर्ष
१८ वैशाखः मजदुर दिवश
४ जेठः बुद्धजयन्ती
३ असोजः संविधान दिवश
१८–२२ असोजः दशैंं बिदा (फूलपातीदेखि एकादशीसम्म)
१०–१२ कात्तिकः तिहार बिदा
९ फागुनः शिवरात्रि
२६ फागुनः होली (पहाड), २७ फागुन मधेश
२८ फागुनः महिला दिवश