नेपालगन्जको गाई राजनीति : राजनीतिक लाभ लिने दाउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ भाद्र १, आईतबार (५ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

भाद्र १, काठमाडौँ । नेपालगन्ज उपमहानगरपालिकाले वडा नम्बर २१ मा निर्माण गरेको कान्जी हाउसभित्र अहिले चार सयदेखि पाँच सयको हाराहारीमा छाडा गाईगोरु थुनिएका छन्। उपमहानगरको मुख्य र भित्री सडकमा गरी अझै एक हजार पाँच सयको संख्यामा छाडा गाईबस्तु रहेको अनुमान गरिएको छ।

भारतबाट उल्लेख्य मात्रामा भित्रिएका यस्ता गाईगोरु तथा बाच्छाबाच्छीको व्यवस्थापन गर्न उपमहानगरपालिकालाई हम्मेहम्मे परिरहेको छ। छाडा गाईबस्तु व्यवस्थापन गर्नु उपमहानगरका लागि चुनौतीको विषय बनेको छ।

छाडा गाईबस्तु व्यवस्थापनको समस्याका कारण नगर प्रमुख डा. धवलशम्शेर राणा यतिखेर दोहोरो चपेटामा परेका छन्। नगरभित्र छाडा गाईबस्तुलाई त्यसै छाड्ने हो भने दिनहुँ सडक दुर्घटना हुन्छन्। नियन्त्रणमा लिने हो भने गाईबस्तुको संख्याभन्दा कान्जी हाउसको क्षमता सानो छ।

उपमहानगरपालिकालाई कान्जी हाउसभित्र राखिएका गाईबस्तुलाई घाँस र पानी खुवाउने खर्च व्यवस्थापन गर्नै कठिन छ। उपमहानगरपालिका कार्यालयका अनुसार कान्जी हाउसको क्षमताभन्दा १० गुणा बढी गाईलगायत चौपाया थुनेर राख्नुपरेको छ।

क्षमताभन्दा बढी राख्दा गाईले नियमित रूपमा घाँस, पानी खान पाएका छैनन्। घाँस र पानी नपाउँदा गाईबस्तु मर्ने क्रम पनि चलिरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस