माघ २१, काठमाण्डौ । सरकारले नेपाल–चीन सिमाना बन्द गर्दा उत्तरी छिमेकबाट आयात हुने लसुनको आयातमा कमी आउनुका साथै यसको मूल्य पनि आकाशिएको छ । काठमाडौंमा लसुनको मूल्य प्रतिकिलो रू २०० ले बढेको छ । काठमाडौंको बजारमा पुसको तेस्रो सातासम्म प्रतिकिलो रू २५० रहेको सुकेको लसुनको औसत मूल्य अहिले बढेर रू ५५० पुगेको छ ।
पछिल्लो समय चीनबाट लसुनको आयात घटेको कालिमाटी फलफूल तथा तरकारी विकास समितिले बताएको छ । समितिका अनुसार पुस महीनामा चीनबाट २५० टन चिनियाँ लसुन आयात भएकोमा माघ महीनामा हालसम्म मात्र ९८ टन आयात भएको छ ।